पूर्वआइजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १२ : ०४


नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल एमालेमा प्रवेश गरेका छन्।

एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेशमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर उनलाई एमलेमा प्रवेश गराए।

खनालसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, विवेकशील साझा पार्टीका अब्दुस मिया, जसपाका नेता होरिलाल चौधरीलगायत एमालेमा प्रवेश गरेका छन्।

कार्यक्रममा महासचिव शंकर पोखरेल,सचिव लेखराज भट्टलगायत नेताहरुको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस्