सुनको भाउ बढ्यो

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ११ : ३०


काठमाडौँ । साताको पाँचौ दिन आज नेपाली बजारमा सुनको भाउ थोरै बढेको छ।

आज सुन प्रतितोला ५ सय रुपैयाँले र चाँदी १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९१ हजार ८ सय र तेजावी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो भाउ बुधबारको भन्दा ५०० रुपैयाँले बढी हो। आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

 


प्रतिक्रिया दिनुहोस्