टुकुचा खोलाको सतहको रेखांकन गर्न मिल्दैनः नापी विभाग

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ११ : २८


नापी विभागले टुकुचा खोलाको सतहको रेखांकन गर्न नमिल्ने बताएको छ।

काठमाडौं महानगरपालिकाले गरेको आग्रहमा विभागले कानुनी रूपमा नमिल्ने जवाफ दिएको हो। काठमाडौं महानगरपालिकाले अघिल्लो साता टुकुचा खोला भूमिगत भएको स्थानमा रेखांकन गर्न आग्रह गर्दै नापी विभागलाई चिठी पठाएको थियो।

२०३२ सालमा गरिएको नापनक्सामा जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म टुकुचा खोला नदेखिएकाले त्यहाँ रेखांकन गर्न नमिल्ने जवाफ विभागले महानगरपालिकालाई दिएको हो।

 


प्रतिक्रिया दिनुहोस्