भारतबाट आएकै दिन श्रीमतीको हत्या, श्रीमान पक्राउ

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १० : ३४


धनगढी । कैलालीमा श्रीमतीको हत्या गरि फरार भएका श्रीमान पक्राउ परेका छन्।

गौरीगंगा नगरपालिका वडा नम्बर ५ का शेरबहादुर नामजाली मगरले आफ्नी श्रीमती ललिता नामजाली मगरको धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरीले बताएको छ।

शेरबहादुर बुधबार मात्रै भारतबाट आएका थए।

आज बिहान घटना घटाइ फरार भएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनले आफ्नी छोरी १७ बर्षीया लक्ष्मी नामजाली मगरलाई पनि हतियार प्रहार गरि घाइते बनाएका छन्। उनको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। प्रहरीका अनुसार शेरबहादुरले १२ वर्षीय छोरा विजयलाई पनि घाइते बनाएका छन्। घटनाबारे अनुसन्धान भइरहेका प्रहरीले बताएको छ।


प्रतिक्रिया दिनुहोस्