सशस्त्रको संरक्षणमै वीरगञ्ज क्षेत्रबाट तस्करी !

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ७ : ५०


वीरगञ्ज । जाडो बढेसँगै भन्सार छलेर भारतबाट न्यानो कपडा तस्करी हुन थालेको छ । 

नेपाल भारत सीमा सुरक्षा र तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी हुने गरेको समाचार प्राप्त हुन आएको छ । 

महिनाभरिको घुस रहम बुझी तस्करीका लागि सबै बाटो खुला गरिदिएको आरोप शसस्त्र प्रहरीमाथि लागेको छ ।

जाडोमा लगाउने ऊनीको लेगिज, टप्स, जम्पर, ज्याकेट, कुर्ता सूरुवाल लगायतका घरायसी सामान किन्नको लागि दैनिक सर्वसाधारण भारतीय सीमावर्ती रक्सौल जाने गरेका छन्।

उताबाट घरायसी सामान लिएर आउँदा सीमामा खटेका सशस्त्र प्रहरीले रकम माग गर्ने र नदिएपछि समान जफत गर्ने गरेको स्थानीय बताउँछन्।

जबकी टेम्पो र साइकलमा आइरहेको हजारा्ैं मूल्यको तस्करीको सामान भने सुरक्षित रुपमा सीमा पास हुने गरेको छ। 

सशस्त्र स्रोतका अनुसार प्रायः बजार मूल्यभन्दा एकदेखि डेढ सय प्रतिशतसम्म बढि मूल्य राखेर बुझाइएका अवैध सामानको मूल्याङ्कन भन्सार कार्यालयले गर्ने गरेको छ । तर, त्यही सामानको मूल्य बजारमा भने कम हुने गरेको छ ।

पर्सा जिल्लामा तस्करी बढ्दै गएपछि मुलुककै प्रमुख नाकाको रुपमा रहेको वीरगन्ज भन्सार कार्यालयको राजश्व सङ्कलनमा अप्रत्याशित गिरावट आएको सञ्चार माध्यममा आएपछि गुल्मका डीएसपी अमर बहादुर खत्रीले घरायसी सामान जफत गर्ने र मूल्याङ्कन दोबर गरेर भन्सार बुझाउने रणनीति लिएका छन् ।  मरीच तथा केराउको तस्करी सानो र ठुलो परिमाण दुबै गरी हुने गरेको छ । 

साइकल, मोटरसाइकल, ट्रयाक्टर र ट्रकमा समेत तस्करी हुने गरेको पछिल्लो घटना क्रमले देखाएको छ ।

खुल्ला सीमाको फाइदा उठाउँदै बढी नाफा कमाउने उद्देश्यले भन्सार क्षेत्रमा खट्ने शसस्त्र प्रहरीको सेटिङमै तस्करी हुँदै आइरहेको छ । 

प्रदेश नं २ का सशस्त्र प्रहरी प्रमुख डीआईजी राजु अर्यालले सीमावर्ती नाका बाट हुने अपराधीक गतिविधी र चोरी तस्करी नियन्त्रण गर्न मातहतका सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्टहरूलाई निर्देशन दिएका छन् । 

तर सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ हेडक्वार्टर राजस्व तथा गस्ती सुरक्षा गुल्मबाट गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक अमर बहादुर खत्रीले तस्करीको  स्वरुपनै परिवर्तन गरि तस्करीलाई बढावा दिएको आरोप लागेको छ ।

दिनमा हुने तस्करी बिहान बेलुका हुने गरेको छ । वीरगञ्ज भन्सार क्षेत्र बाटो हुँदै रातीको ९ बजे देखी बिहानको ४ बजे सम्म मोटरसाईकलमा राखी सशस्त्र प्रहरीकै सहयोगमा भारतीय सीमावर्ती सहर रक्सौल पुरयाईरहेको एक जना तस्करले बताए । 

ग्रामीण सिमा नाकाबाट डीएसपी खत्रीको निर्देशनमा गिटी बालुवा तस्करी तिब्र गतिमा भइरहेको छ ।

तस्करीका लागि भारतसँग सीमा जोडिएका इनर्वा, छपकैया, भकुवा, पिपरपाती, भिषुवा, जानकीटोला, अमरपट्टी, धोरे, अलौ, र वीरगञ्ज भन्सारकै मुख्य गेटलगायतका नाका प्रयोग गर्न थालेका छन् ।

(आरोहण शाहबाट )


प्रतिक्रिया दिनुहोस्