पूर्वआइजीपी खनाल आज एमाले प्रवेश गर्दै

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ८ : १७


काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मुखैमा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्ने भएका छन्।

एमाले मुख्यालय च्यासलमा आज बिहान ११ बजे उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन्। खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए।

ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए।

 


प्रतिक्रिया दिनुहोस्