आजको मौसम: देशभर बर्षाको सम्भावना

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ७ : ५०


आज देशभर बदली रहनेछ । दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिमका एकरदुई स्थानमा भारी वर्षा हुनसक्ने देखिन्छ । राति सुदूरपश्चिम र लुम्बिनीका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

शुक्रवार लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको आकलन गरिएको छ । शुक्रवार राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा हुनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

​​​​​​​२०७९ असोज ६ गते (बिहीबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०७९ असोज ७ गते (शुक्रवार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी भूरभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ असोज ८ गते (शनिवार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती: देशभर आंशिकदेखि सामान्य बदली देशको तराई भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।


प्रतिक्रिया दिनुहोस्