कपन आगलागीमा ३ जनाको मृत्यु

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ७ : ४२


काठमाडौं । काठमाडौंको कपनमा बुधबार साँझ भएको आगलागीमा ३ जनाको मृत्यु भएको छ।

ट्रेकिङ्ग कम्पनीको कार्यालय रहेको घरमा ग्यास र अक्सिजन सिलिन्डरहरु बिस्फोट हुँदा दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो।

आगलागी के कारणले भयो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको छैन।

आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासीको साथै वारुणयन्त्र र पानी ट्याङ्करको प्रयोग गरिएको थियो।

मृतकको पहिचान खुल्न बाँकी छ। साथै क्षतिको विवरण पनि संकलन भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्