‘चोलेन्द्रकी नक्कली छोरी’ भनेपछि सुनिधिको आपत्ति, भनिन्-‘म बुहारी हो’

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ७ : ३२


काठमाडौं । संसदीय छानबिन समितिमा नेताहरुका पोल खोलेपछि अहिले सर्वोच्चका निलम्बित प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबरालाई नजरबन्दमा राखिएको चर्चा छ।

महाअभियोग पुष्टि नभएको भन्दै चालेन्द्र आफै सर्वोच्च अदालत जान खोज्दा उनलाई प्रहरीले घरमै नियन्त्रणमा राख्यो। सो प्रकरणबारे हालै चालेन्द्रको तर्फबाट सुनिधि राणाले केहि मिडियालाई अन्तरवार्ता दिइन्।

जबरा अदालत जाने तयारीमा रहेको दिन (असोज २ गते) सुनिधि बालुवाटारस्थित् जबराको निवासबाट बाहिरिने क्रममा मिडियासँग बोलेकी थिईन्। सो क्रममा उनले आफूहरुमाथि ज्यादती भएको प्रतिक्रिया दिएकी थिईन्। तर, सरकार समर्थक  केहि मिडियाहरुले ‘चोलेन्द्रकी नक्कली छोरी’ भन्दै समाचार सम्प्रेषण गरे।

त्यस्ता खबर छापिएपछि  सुनिधिले आफू जबराको परिवारकै सदस्य भएको बताएकी छन्। सुनिधिले भनिन “म चोलेन्द्रका दाइ शान्तिशमशेरकी नातिनी बुहारी हुँ। म उहाँको बुहारी पनि हुँ छोरी पनि हुँ”। सुधनीका अनुसार उनी शान्तिशमशेरका नाति वरदानशमशेर राणाकी श्रीमती हुन्। सुनिधि नाम चाहीँ उनलाई विवाहपछि श्रीमान्‌ले दिएको नाम हो।

मिडियाले गलत तथ्य सम्प्रेषण नगर्न पनि उनले चेतावनी दिएकी छन्।


प्रतिक्रिया दिनुहोस्