गोविन्द केसी त्रिवि शिक्षण अस्पताल भर्ना

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ७ : ०५


काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै अनसन बसेका डा.गोविन्द केसी अस्पताल भर्ना भएका छन्।

धनगढीमा अनसन सुरु गरेपछि स्वास्थ्यमा समस्या देखिएका केसीले सरकारी खर्चमा काठमाडौं आउनै मानेका थिएनन्।

विभिन्न ७ बुँदे माग राखि धनगढीमा अनशन सुरु गरेका डा.केसी स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार उपचारका लागि आफ्नै खर्चमा काठमाडौं आएका हुन। अस्पताल भर्ना भए पनि डा.केसीले अनशन जारी राखेको उनका सहयोगीहरुले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्