काठमाडौँमा छैठौँ महिला उद्यमी सम्मेलनको आयोजना हुँदै

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ६ : ३६


काठमाडौँ । छैठौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँमा आयोजना हुने भएको छ। 

विगतका वर्षझै यो वर्ष पनि लक्ष्मी बैंकको प्रयोजनमा नेपाली युवा उद्यमी फोरमको सिग्नेचरले उक्त सम्मेलन गर्न लागेको हो। सम्मेलन माघको दोश्रो हप्ताबाट सञ्चालन हुने उक्त सम्मेलन कार्यक्रम कनेक्ट, कोलाबोरेट र क्रियट भन्ने नाराका साथ आयोजना गरिदैँछ। 

त्यसैगरि कार्यक्रमको प्लाटिनम स्पोनसर अन्तर्राष्ट्रिय श्रम संगठन रहेको छ। जसले महिला उद्यमशिलतालाई प्रबद्र्धन गर्दै आएको छ । गतवर्षको सम्मेलनमा पनि करिब ३० प्रतिशत सहभागिता पुरुषको थियो र यो वर्ष पनि महिलापुरुष दुवैको सहभागिता रहने छ।

यो वर्ष ३०० भन्दा बढि सहभागिहरुको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । कार्यक्रममा, उद्यमी, श्रमिक महिला, विभिन्न व्यावसायीहरु लगायत विभिन्न विज्ञहरु र विद्यार्थीहरुको उपस्थिति रहने छ। 

कार्यक्रममा विभिन्न विज्ञहरुको सम्बोधन, प्रेरक वक्ताहरुको प्रस्तुति, प्यानल छलफल लगायत विभिन्न कार्यशालाहरुको पनि आयोजना गरिनेछ। कार्यक्रम माघ १२ गतेदेखि लाजिम्पाटको र्याडिसन होटलमा आयोजना हुनेछ। 

सम्मलेनको मुख्य आकर्षणहरु
– एकदिने यस सम्मेलनमा महिला उद्यमशिलताका विषयमा र उनिहरुले भोगेका चुनौती र अवसरहरुको बारेमा विभिन्न सत्रहरुमा छलफल गरिनेछ। 

–  सहभागिहरुको बौद्धिक तथाकार्य क्षमतालाई प्रोत्साहनगरिनेछ ।

–   यो वर्षको सम्मेलन महिलाउद्यमिहरुको लागिआफु जस्तै अन्यउद्यमिहरुसँग जनसम्र्पक बढाउनको लागि एउटा राम्रो अवसर हुनेछ ।

–    यस सम्मेलनको मुख्य दुई सत्रहरु हुनेछन् ।

–    पहिलो हुनेछ : Sheconomy यो शब्द सन् २०१७मा प्रतिपादनगरिएको हो । महिला लक्षितबजारलाई प्रबद्र्धन गर्ने सोच सहित Sheconomy धारणाको सुरुवातभएको हो । विश्वको आर्थिककाविभिन्न क्षेत्रहरुमा जस्तै अनलाइन, हेल्थकेयर, आर्थिक सेवाहरु, इ कर्मस तथाशिक्षा जस्ता क्षेत्रहरुमा महिला उपभोक्ताहरुको सहभागिता बढ्दै गइरहेको छ । साथै पराम्परागत हिसाबले पुरुषलक्षित बस्तुहरुको उत्पादनमा पनिमहिलाहरुको सहभागिता बढ्दै गइरहेको छ । यी र यस्ता विषय संग सम्बन्धित विषयहरुमा यस छत्रमा छलफल हुनेछ । 

–   दोश्रो सत्रहनेछ :entrepreneurial ecosystem । यस सत्रमा विज्ञहरु र सरोकारवालाहरु विच सम्बन्धविस्तार गर्ने अवसर मिल्नेछ।

–    कतयचथ अयचलभच सत्रमालगानी, व्यावसायको बृद्धि, साझेदारी तथा नेतृत्वलगायत विषयहरुमा छलफल हुनेछ । 

–    साथै सम्मेलनमा विभिन्न उत्पादनहरुको स्टलहरु पनि राखिनेछ ।

–    यो सःशुल्ककार्यक्रमहो यद्यपि विद्यार्थी, वञ्चित महिलाउद्यमीहरुलाई भने विशेष निःशुल्क सहभागिताको व्यवस्थाहुनेछ ।

Keynote Speaker Prasanna Basnet
•    International Speaker C-Words by Celia
•    Prajuna KC Shrestha (Frost) – Moderator
•    Diva Shrestha (Leads Nepal)
•    Sharu Joshi Shrestha
•    Elanie Steyn (University of Oklahoma,PFP)
•    Debbie Yount (University of Oklahoma, PFP)
•    Sahishnuta Sharma (Laxmi Bank Limited)
•    Ichhya Malla (Counselage and PeopleFirst)
•    Shristi Singh Shrestha (Prithivi Agro)


प्रतिक्रिया दिनुहोस्