बालेनको आक्रोशः टुकुचा खोला होइन् भने नेपाललाई देश कसरी प्रमाणित गर्नुहुन्छ?

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १० : ०९


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उच्च अदालत पाटनको अल्पकालिन आदेशप्रति टिप्पणी गरेका छन्।

उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनाइएका संरचना नभत्काउन महानगरविरुद्ध दिएको आदेशको विषयलाई लिएर बालेनले सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन्।

‘फेरि पनि नदिमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ’, उनले फेसबुकमा लेखेका छन्, ‘अदालतले टुकुचा (इच्छुमती) नदिलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ?’

 

 


प्रतिक्रिया दिनुहोस्