अवैध रुपमा ल्याउँदै गरेको सुनसहित ३ जना पक्राउ

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ९ : ४७


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा ल्याउँदै गरेको सुनसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

विमानस्थलका अनुसार पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा नगरपालिका–९ घर भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ घर भएका १९ वर्षीय कवीन्द्र विश्वकर्मा र कालीकोट पलाता गाउँपालिका–७ घर भएका २५ वर्षीय जीवराज बम रहेका छन्।

हिमालय एयरलाइन्सको उडानबाट आज दिउँसो दुबईदेखि काठमाडौँ आएका उनीहरुलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा अवैध सुनसहित पक्राउ गरेको हो।

पक्राउ परेकाहरुबाट भन्सार छली ल्याएको एक/एक थान सुनको सिक्री र एक/एक थान औँठी गरी करिब एक सय ग्राम सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी मधुकुमार पौडेलले जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस्