कपन आगलागीमा एक जनाको मृत्यु

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ८ : ४१


काठमाडौं । कपनको राम मन्दिर नजिकै रहेको ट्रेकिङ अफिसमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

बूढानीलकण्ठ नगरपालिका–१० मा सञ्चालित इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा एकजनाको मृत्यु भएकोप्रहरीले जनाएको छ।

आगलागी अहिले नियन्त्रणमा आइसकेको छ। मृतकको पहिचान खुलेको छैन। घटनाबारे थप विवरण आउँन बाँकी छ।


प्रतिक्रिया दिनुहोस्