मोरङमा बम विस्फोट, सडक बनाउँदै गरेका एक्स्काभेटर ध्वस्त

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ५ : १६


मोरङ ।  मोरङको मिक्लाजुङ गाउपाँलिकाको रमितेमा आइतबार राति बम विस्फोट भएको छ।

बम विष्फोट हुँदा निर्माणाधीन मिक्लाजुङ–आइतबारे सडक निर्माणका लागि राखिएका ३ वटा एक्स्काभेटरमा क्षति पुगेको छ।

प्रदेश नम्बर १ सरकारले ५८ करोड ५६ लाख रुपैयाँ बजेटमा ठेक्का स्वीकृत गरेर सडक कालो पत्रेको काम सुरु गरेको थियो।

सडक चौडा गर्दै सुके आहालको साकेला मेला लाग्ने ठाउँमा पुगेको तीन वटा एक्स्काभेटरमा बम हानेर ध्वस्त पारिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

विस्फोट कसले र किन गरेको भन्ने बारे खुल्न सकेको छैन। 


प्रतिक्रिया दिनुहोस्