‘भारतबाट ५० लाख मुसलमानलाई लखेट्छौँ’

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ५ : ०५


दिल्ली । भारतीय सत्तारुढ दल भाजपाका नेताले ५० लाख मुसलमानलाई लखेट्ने अभिव्यक्ति दिएपछि त्यसले तरंग पैदा गरेको छ। 

भाजपा नेता तथा पश्चिम बंगाल प्रमुख दिलीप घोषले ५० लाख मुसलमानलाई लखेड्ने अभिव्यक्ति दिएका हुन्। 

एक र्‍यालीको सम्बोधनका क्रममा घोषले घुसपैठ गरी भारतमा बसिरहेकाहरुको पहिचान गरी ५० लाख मुसलमानलाई देशबाहिर लखेट्ने बताएका हुन्।  

उनले भनेका छन्, पहिले उनीहरुको नाम मतदाता सूचीबाट हटाइनेछ। यसपछि मूख्यमन्त्री ममता बनर्जीले तुष समेत साँध्न पाउने छैनन्। 

पश्चिम बंगालकी मूख्यमन्त्री बनर्जी भाजपा नेतृत्वले ल्याएको नागरिक संशोधन कानूनको विपक्षमा उभिएकी छिन्। 


प्रतिक्रिया दिनुहोस्