टिकटको शर्तमा खनाल एमालेमा प्रवेश गर्दै, कुन क्षेत्र पाउलान् ?

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ६ : २०


काठमाण्डौँ । पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन्।

खनाललाई अध्यक्ष ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गराउने छन्।

यसअघि आफ्नै निवास बालकोटमा बोलाएर खनाललाई ओलीले कन्भिन्स गरेका थिए।

खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत बताएका श्रोत बताउँछ।

उनलाई बारा, पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट उम्मेदवार बनाउनसमेत ओली तयार भएको स्रोतले बताएको छ।

यही आश्वासनमा खनाल एमाले प्रवेश गर्न लागेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्