पहिलो दिन नै साढे ५ करोड भारु ओपनिङको प्रक्षेपण, १२ सय पर्दामा रिलिज हुने

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ५ : ४३


काठमाडौं ।वहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ ले पहिलो दिन नै साढे ५ करोड भारतीय रुपैयाँ कमाउने प्रक्षेपण गरिएको छ ।

विश्वभरका १२ सय पर्दामा प्रदर्शन हुने चलचित्रले पहिलो दिन नै आक्रामक ब्यापार गर्ने बलिउड हंगामा डटकमले जनाएको छ । उक्त पोर्टलका अनुसार भारतमा मात्र ५०० पर्दाबाट फिल्म रिलिज हुनेछ । भारतमा मात्र डेढ करोड भारुको ओपनिङ हुने उक्त न्युजपोर्टलले जनाएको छ ।

यूएई, बेलायत, अमेरिका, क्यानडा, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, फिजी, जापान, दक्षिण कोरिया लगायतका मुलुकमा पनि फिल्म एकसाथ रिलिज हुनेछ ।

‘प्रेमगीत’को निर्माण लागत पनि ११ करोड भारु रहेको उल्लेख छ । यतिबेला भारतमा एड्भान्स बुकिङ राम्रो रहेको मुम्बईबाट निर्देशन सन्तोष सेनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्