अस्ट्रेलियामा भेटियो अचम्मको सार्क माछा!

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ५ : २९


काठमाडौं। अस्ट्रेलियामा दुर्लभ सार्क माछा भेटिएको छ।

यसअघि यस प्रकारको सार्क कहिल्यै नदेखिएको वैज्ञानिकहरुले बताएका छन्।

अस्ट्रेलियामा माछा मार्ने व्यक्ति सिड्नीका ट्र्यापम्यान बर्मागुईले समुद्रको ६५० मिटरको गहिराईमा उक्त माछा फेला पारेको जानकारी दिएका छन्।

उक्त सार्कको तिखो दाँत, ठूलो आँखा, चुच्चो नाक र खस्रो छाला भएको बताइएको छ।

यतिबेला उक्त सार्कलाई मानिसहरुले अहिलेका सार्कको पूर्खा भएको बताइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्