त्रिभुवन विमानस्थलमा दुई जहाज ठोक्किए, उडान रद्द

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ४ : ४७


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई जहाज ठोक्किएका छन्। सोमबार बिहान जनकपुर जान लागेको बुद्ध एयरको जहाज रोकिराखेको यति एयरलायन्सको जहाजसँग ठोक्किएको बताइएकाे छ । जहाज ठोकिएपछि दुबैमा सामान्य क्षति भएको बताइएकाे छ ।

जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द गरिएको छ। क्षति सामान्य भए पनि दुबै जहाजलाई नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरूले जाँच गरेपछि उडान हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्