उनीहरूले लुकाईलुकाई संविधानको उलंघन गरे, राष्ट्रपतिले देखाएर गरिन्ः मिश्र

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ४ : ५४


काठमाण्डौँ । ‘विचारमाथि भन्दा देश’ पुस्तकका लेखक रविन्द्र मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारीले मात्र नभएर नेताले पनि संविधानको उलंघन गरेको बताएका छन् ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ। यसै सन्दर्भमा बिभिन्न क्षेत्रका व्यक्तिको अलगअलग प्रतिक्रिया आएका छन् । विवेकशील साझाका पूर्व अध्यक्षसमेत रहेका मिश्रले दुवैथरीले संविधानको उलंघन गरेको बताएका हुन् ।

नेताहरुले लुकीलुकी संविधान उलंघन गरेको र राष्ट्रपती भण्डारीले देखाएरै संविधानको उलंघन गरेको उनले बताए । सामाजिक संजालमा उनले लेख्छन्

‘उनीहरू सबैले बारम्बार घुमाइघुमाइ लुकाएर उल्लंघन गरे, उनले ठाडै देखाएर उल्लंघन गरिन्। ती सबै उल्लंघन देशका लागि थिएन, राजनीतिक स्वार्थ प्रेरित थिए। पहिलेका उल्लंघनहरूलाई बहुसङ्ख्यकले राष्ट्रघात संझिए। उनले गरेको उल्लंघनलाई बहुसङ्ख्यकले राष्ट्रहित संझिए। अब के गर्ने ?’


प्रतिक्रिया दिनुहोस्