‘युक्रेनीहरु हाम्रा भाइहरु हुन्, हाम्रो युद्ध उनीहरुसँग नभएर पश्चिमा राष्ट्रसँग हो’

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ४ : २९


काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज बुधबार देशमा रहेका ३ लाख रिजर्भ सेनाहरु परिचालन गर्न आदेश दिएका छन्।

पुटिनले युक्रेनमाथिको आक्रमण जारी राख्दै देशमा रहेका अपरिचालित सेना परिचालनको घोषणा गरेका हुन्। यसको अर्थ रुसले युक्रेनमा आक्रमण सशक्त ढंगबाट गर्ने योजना बनाएको छ।

अब ती रिजर्भ सेनाहरुलाई पनि हाल सेवामा रहेका सेनाहरुसँगै तैनाथ गरिने छन्।

‘यदि हाम्रो देशको क्षेत्रीय अखण्डता खतरामा छ भने, हामी हाम्रा जनताको रक्षा गर्न सबै उपलब्ध साधनहरू प्रयोग गर्छौं’ पुटिनले भनेका छन्।

हाल युक्रेनका विभिन्न क्षेत्रमा रुसी सेना हारेको खबर बाहिरिरहँदा रुसले अतिरिक्त अपरिचालित सेनालाई युद्धमा उतार्न लागेका हुन्।

यसबीचमा पुटिनका निकटतम सहयोगी सर्गी मार्कोभले रुसबाट नभएर पश्चिमा राष्ट्रहरुबाट परमाणु हमलाको खतरा बढेको उल्लेख गरेका छन्। उनले रुसले युक्रेनसँग युद्ध नगरेको पनि बताए।

Russia recognizes Nagorno-Karabakh as part of Azerbaijan - Sergey Markov

सर्गी मार्कोभ

उनले बीबीसी रेडियोसँग भनेका छन्,‘यो बिल्कुल स्पष्ट थियो कि रूसको युक्रेनविरुद्ध कुनै युद्ध छैन, हामीले युक्रेनीहरू विरुद्ध आणविक हतियारहरू प्रयोग गर्ने कुनै कारण पनि छैन।’

‘युक्रेनीहरु हाम्रा दाजु–भाइहरु हुन्। युक्रेन पश्चिमा राष्ट्रको कब्जामा छ र पश्चिमा राष्ट्रले हामीसँग युद्ध गरिरहेको छ। उनीहरुले युक्रेनी सेनालाई दासको रुपमा प्रयोग गरेका छन्’ उनले भने।

यस्तै मार्कोभले अमेरिका, बेलायतले भनेजस्तो रुसबाट परमाणु हमलाको खतरा नभएको उनको भनाइ छ। बरु विभिन्न बहानामा पश्चिमा राष्ट्रले त्यस्ता हतियार रुसविरुद्ध प्रयोग गर्न खोजिरहेको उनको आरोप छ।

उनका अनुसार अमेरिका र बेलायत युक्रेन द्वन्द्वका प्रमुख कारक तत्वहरु हुन्। बीबीसीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्