थाइल्याण्डमा प्रियंका कार्कीको ब्याचलोरेट पार्टी, हट लुक्समा यस्तो मस्ती (फोटोसहित)

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ४ : ३२


काठमाडौँ । नायिका प्रियंका कार्कीले थाइल्याण्डमा आफ्ना साथीहरुलाई ब्याचलोरेट पार्टी दिएकी छिन्। 

६ जनाको टोलीसहित थाइल्याण्ड पुगेकी प्रियंकाले तिनै साथीसँग हट लुक्समा खिचेका विभिन्न तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन्। उनले पोस्ट गरेका ती तस्वीरको यतिबेला निकै चर्चा भइरहेको छ। 

थाइल्याण्डमा प्रियंकाले ब्याचलोरेट पार्टी दिदै आफ्ना साथीहरुसँग निकै मस्ती गरिरहेको तस्वीरमा देख्न सकिन्छ। उनले पोस्ट गरेका तस्वीरमा भिन्न भिन्न कलरका बिकिनी लगाएर सबैले मस्ती गरेको देख्न सकिन्छ। 

प्रियंकाले ‘ब्राइडल सावर’ भन्दै आफ्नो फेसबुक अकाउन्टमा विभिन्न तस्वीर पोष्ट गरेकी छिन्। उक्त तस्वीरमा उनी सेतो पहिरनमा सजिएर फूलै फूलमा रमाएको दृष्य पनि देख्न सकिन्छ। 

उनले छिट्टै विवाह गर्ने बताएपछि उनको विवाहको मिति भने तय भइसकेको छैन। तर उनले पोष्ट गरेका तस्वीरमा आफूलाई ब्राइड अफ २०२० भनेर उल्लेख गरेकी छिन्। 

हेर्नुहोस् केही तस्वीर
 


प्रतिक्रिया दिनुहोस्