माओवादीले राष्ट्रपति विरुद्ध प्रदर्शन गर्ने, पुत्ला जलाउने

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ३ : ५८


काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ।

अध्यक्ष पञ्चा सिंहले राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध आज बेलुका ५ बजे देशव्यापी पुत्ला दहन कार्यक्रम घोषणा गरेकी हुन्।

उनले आफ्नो संगठनअन्तर्गतका सम्पूर्ण प्रदेश समिति, विश्वविद्यालय राष्ट्रिय समिति,जिल्ला समिति र क्याम्पस समितिहरुलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिएकी छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले लेखेकी छन्,‘राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध देशव्यापी आज बेलुका ५ बजे पुत्ला दहन कार्यक्रम सम्पन्न गर्न सम्पूर्ण प्रदेश समिति, विश्वविद्यालय राष्ट्रिय समिति, जिल्ला समिति, क्याम्पस समितिहरुलाई विशेष निर्देशन गरिन्छ।’


प्रतिक्रिया दिनुहोस्