नेपाल बाहिर रहेका क्रिकेटर सन्दीप लामिछानेको अन्तर्राष्ट्रिय वरीयता खस्कियो

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ३ : ४६


काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको आईसीसी टी–ट्वान्टी अन्तर्राष्ट्रिय वरीयता खस्किएको छ।

उनको टी–ट्वान्टी बलिङतर्फको वरीयता खस्किएको आईसीसीले जनाएको छ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार सन्दीप एक स्थान तल झर्दै ६२ औँ स्थानमा पुगेका छन्।

लामिछाने हाल नेपाल बाहिर छन्। क्यारेबियन क्रिकेट लिग खेल्न वेस्ट इन्डिज गएका सन्दीपमाथि नाबालिग यौन दुर्व्यवहारको आरोप लागेको छ।

यो आरोपसँगै उनलाई नेपाल प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। जसकारण उनलाई क्यानले राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन पनि गरेको छ।


प्रतिक्रिया दिनुहोस्