पुटिनले ३ लाख रिजर्भ सेना पनि युद्धमा उतार्दै, दिए सैन्य परिचालनको आदेश

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ३ : २०


काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा रहेका ३ लाख रिजर्भ सेनाहरु परिचालनको आदेश दिएका छन्।

राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण जारी राख्दै अर्थतन्त्रलाई ‘युद्धकालीन चरणमा’ राख्नको लागि देशमा रहेका रिजर्भ सेना परिचालनको घोषणा गरेका हुन्।

अब ती रिजर्भ सेनाहरुलाई पनि हाल सेवामा रहेका सेनाहरुसँग तैनाथ गरिएका छन्। देश भरि टेलिभिजनमा प्रशारण गरिएको पूव रेकर्ड गरिएको भाषणमा पुटिनले यो निर्णय ‘मातृभूमि, यसको सार्वभौमसत्ता र क्षेत्रीयताको रक्षा गर्न’ लिएको बताए।

‘यदि हाम्रो देशको क्षेत्रीय अखण्डता खतरामा छ भने, हामी हाम्रा जनताको रक्षा गर्न सबै उपलब्ध साधनहरू प्रयोग गर्छौं’ पुटिनले भने। बीबीसी


प्रतिक्रिया दिनुहोस्