राष्ट्रपतिबारे छलफल गर्न कानुनविद्‌सँग परामर्शमा प्रधानमन्त्री

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  २ : ५४


काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउन सत्तागठबन्धनमाथि दबाब बढेको छ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद्‌हरुसँग परामर्श गर्ने भएका छन् ।

त्यसका लागि प्रधानमन्त्री निवास वालुवाटारमा दिउँसो साढे ३ बजे कानुनविदहरूलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस्