राष्ट्रपतिको समर्थनमा एमालेको युवा संघ सडकमा

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  २ : ३९


काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको सत्तागठबन्धनका नेताहरुले आलोचना गरिरहेका छन्।

यसबैची, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट युवा संघले राष्ट्रपतिको समर्थनमा र्‍याली निकालेको छ।

नेता महेश बस्नेतको उपस्थितिमा राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताहरू समर्थन र्‍यालीमा थिए।

संघीय संसद्का दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुगेको विधेयक विवादित बनेको छ।

पहिलो पटक राष्ट्रपति भण्डारीले विधेयक संशोधन गर्नुपर्ने सुझावसहित संसद्लाई नै फिर्ता पठाएकी थिइन्।


प्रतिक्रिया दिनुहोस्