‘म हिन्दी डब भएको ‘प्रेम गीत ३’ पनि हेर्छु, कोही छ मलाई राष्ट्रघाती भन्ने?’

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १ : ४३


काठमाडौं। नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शन हुन लागेको चलचित्र ‘प्रेम गीत ३’को चर्चा परिचर्चा यतिबेला नेपाली संचार–माध्यमभर जारी छ।

यो चलचित्रको टिम र विभिन्न कलाकारबीच यतिबेला जुहारी पनि चलिरहेको छ।

यसबीचमा नेपालका चर्चित गायक राजेश पायल राईले आफूले फिल्म ‘प्रेम गीत ३’ नेपाली र हिन्दी दुबैमा हेर्ने बताएका छन्।

हिन्दी भाषा नेपालमा रिलिज गर्ने र नगर्ने भन्ने बिषयमा विवाद चर्चिरहेको समय उनले यो फिल्म दुबै भाषामा हेर्ने भनाइ राखेका हुन्।

केही समय अगाडि चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले हिन्दी भाषामा चलचित्र रिलिज गर्न दिनुहुन्न भन्ने तर्क गरेका थिए।

यसबीचमा राईले उनको अभिव्यक्ति प्रति लक्षित गर्दै यो विषयमा आफुलाई राष्ट्रघाती भन्ने कोही कोही छ भनेर प्रश्न पनि गरेका छन्।

उनले सामाजिक संजाल फेसबुकमा फिल्मको पोष्टर सेयर गर्दै लेखेका छन्, ‘नेपालीमा त हेर्ने नै भए, हिन्दी भाषाको पनि हेर्छु, कोही छ मलाई राष्ट्रघाती भन्ने?’ उनले माया र सपोर्ट नेपाली फिल्म ‘प्रेम गीत ३’ समेत भनेका छन्।


प्रतिक्रिया दिनुहोस्