संरक्षण परियोजना अन्तर्गत चिनियाँ वैज्ञानिकले क्लोन गरेर जन्माए दुर्लभ ब्वाँसो!

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १ : ०७


काठमाडौं। चीनले आफ्नो संरक्षण परियोजना अन्तर्गत पहिलोपटक क्लोन गरेर दुर्लभ ब्वाँसो जन्माएको छ।

चिसो क्षेत्र उत्तरी ध्रुवमा पाइने दुर्लभ तथा लोपोन्मुख आर्कटिक ब्वाँसोलाई चिनियाँ वैज्ञानिकले क्लोन गर्न सफल भएसँगै यस्तो जनावर संरक्षण गर्न विश्व सक्षम हुने विश्वास बढेको छ।

अब दुर्लभ तथा लोपोन्मुख जनावर तथा चराचुरुंगीलाई पुनः जीवन दिन सकिने र संरक्षण गर्न सकिने चिनियाँ वैज्ञानिकहरुको कार्यले स्पष्ट पारेको सीएनएनले जनाएको छ।

गत जुन १० मा उक्त ब्वाँसोलाई क्लोन गरेर जन्म दिइएको बताइएको छ। उक्त ब्वाँसोको नाम माया राखिएको छ।

क्लोन गर्ने पद्धतीको प्रशंसासँगै यसको आलोचना सुरुवातदेखि नै वैज्ञानिक जगतमा हुँदै आएको छ।

लोप भइसकेका जनावर तथा जीवको कोशिकाको मद्दतबाट ठिक त्यस्तै आनुवंशिक गुण भएका जनावर तथा जीव जन्माउने पद्धती क्लोनिङ हो। प्रजनन बिनै जनावर तथा जीव उत्पादन गर्न सकिने भएकाले यो पद्धतीको गलत प्रयोग हुनसक्ने आशंका छ।

यद्यपी दुर्लभ र लोपोन्मुख जनावरको संरक्षणको लागि यो प्रद्धती ज्यादै फलदायी हुने पनि वैज्ञानिकहरु बताउँछन्।


प्रतिक्रिया दिनुहोस्