भारतीय हाँस्य कलाकार राजु श्रीवास्तवको निधन

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ११ : २३


काठमाडौं। भारतका चर्चित हाँस्यव्यंग्य कलाकार राजु श्रीवास्वतको ५८ वर्षको उमेरमा निधन भएको छ।

गत अगष्ट १० मा हृदयघात भएपछि अस्पताल भर्ना भएका राजुको उपचारकै क्रममा मृत्यु भएको हो। उनी एक महिनायता अचेत अवस्थामा थिए।

एएनआईका अनुसार हृदयघात भएपछि अचेत अवस्थामै उनको दिमागमा पनि ठूलो असर पुगेको थियो। उनलाई व्यायामका क्रममा हृदयघात भएको थियो।

राजु स्ट्यान्डअप कमेडीका लागि निकै चर्चित थिए।


प्रतिक्रिया दिनुहोस्