बाढीबाट प्रभावितलाई सहयोग गर्न हलिउडकी स्टार अभिनेत्री एन्जेलिना जोली पाकिस्तानमा

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ११ : २१


काठमाडौं। हलिउड अभिनेत्री तथा संयुक्त राष्ट्रसंघकी विशेष दूत एन्जेलिना जोली मंगलबार बाढीबाट अत्यन्त प्रभावित देश पाकिस्तान पुगेकी छिन्।

पाकिस्तानमा पछिल्लो केही समययता गएको भयानक बाढीले त्यहाँ झन्डै १५ सयको ज्यान लिइसकेको छ। अधिकाँश क्षेत्र जलमग्न हुँदा त्यहाँ डेंगी, मलेरियाजस्ता रोगको प्रकोप पनि बढेको छ।

स्टार अभिनेत्री एन्जेलिया पाकिस्तानका बाढी पीडितलाई सहयोग गर्न त्यहाँ पुगेकी हुन्। हाल उनी सिन्ध प्रान्तको दादु जिल्लामा सहयोगमा खटेको बीबीसीले जनाएको छ।

पाकिस्तानमा अहिले आएको विनाशकारी बाढी र त्यसले देशमा पु¥याएको क्षतिलाई विज्ञहरूले जलवायु परिवर्तनको परिणामसँग जोडेका छन्।

दक्षिण एसियाका अन्य देशजस्तै पाकिस्तान पनि मनसुन र वर्षाका लागि अभ्यस्त छ। म्यासाचुसेट्सको वुडवेल क्लाइमेट रिसर्च सेन्टरका जलवायु वैज्ञानिक जेनिफर फ्रान्सिसका अनुसार जलवायु परिवर्तनले चरम वर्षा भएको हो।

पाकिस्तान जलवायु परिवर्तनका दृष्टिले विश्वका जोखिम देशहरूमध्ये एक हो। वर्षा, गर्मी र पग्लिने हिमनदी सबै जलवायु परिवर्तनका कारक हुन्, जसबारे वैज्ञानिकहरूले बारम्बार चेतावनी दिँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस्