शाही पद खोसिएपछि यस्तो छ ह्यारीको पहिलो सम्बोधन

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  २ : १२


बकिङ्घम दरबारले राजकुमार ह्यारी र मेगनले अब शाही उपाधि प्रयोग नगर्ने र उनीहरूले नागरिकको करबाट आउने रकम समेत नपाउने घोषणा गरेपछि ह्यारीले पहिलो पटक सम्बोधन गरेका छन्। 

आइतबार बेलुका आयोजित एक कार्यक्रममा बोल्दै उनले राजपरिवारको सदस्यको रुपमा पछि हट्नुबाहेक अन्य कुनै विकल्प नभएको बताएका छन्। 

उनले आफू र मेगन अन्त कतै जान नलागेको पनि बताएका छन्। राजपरिवारको जिम्मेवारी छाड्ने घोषणा गरेपछि ह्यारीको यो पहिलो सम्बोधन हो।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

at tonight’s dinner for supporters of Sentebale in London Video © SussexRoyal

A post shared by The Duke and Duchess of Sussex (@sussexroyal) on

‘हामीले महारानी, कमनवेल्थ र आफ्ना सैन्य संगठनलाई सामाजिक कोष बिना सहयोग गर्ने आशा राखेका थियौं तर दुर्भाग्यवश, त्यो सफल हुन सकेन,’ उनले भने ।

यो जोडीले अब आफ्नो समय बेलायत र क्यानडामा व्यतित गर्ने बताएका छन्। डचेज मेगन अहिले आफ्नो छोरासँगै क्यानडामा बसिरहेकी छिन्। जनवरीको सुरुवातमा उनी छोटो समयका लागि बेलायतमा बसेकी थिइन्।  


प्रतिक्रिया दिनुहोस्