कक्षा ११ मा साइन्स पढ्न एईईसमा सीप्लस ल्याउनुपर्ने व्यवस्था हट्यो

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ७ : ०९


काठमाडौं । अबदेखि कक्षा ११ मा कुनै पनि विषयमा अध्ययन गर्न माध्यमिक शिक्षा परीक्षा (एसईई)मा कुनै पनि विषयमा न्यूनतम ग्रेड ल्याउनुपर्ने व्यवस्था अन्त्य भएको छ।

यसबाट विशेष गरी विज्ञान विषय लिएर कक्षा ११ मा भर्ना हुन चाहनेका लागि सहज भएको छ।

विगतमा जस्तो न्यूनतम सीप्लस ल्याउनुपर्ने अवस्था अब अन्त्य हुने भएको छ।

कक्षा १० को परीक्षामा विविध कारणले बिग्रन गई कक्षा ११ मा चाहेको विषय अध्ययन गर्न नपाउँदाको पीडा अब विद्यार्थीले भोग्नु नपर्ने भएको छ।

शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यार्थीले कक्षा ११ मा राम्रो गर्न सक्छ भनेर यस्तो साविकको व्यवस्था हटाइएको जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्