ह्‍यारीका ससुरा भन्छन्, छोरीले राजपरिवारको बदनाम गरिन्

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १ : २१


लण्डन । बेलायती राजपरिवारका पूर्वयुवराज ह्यारी र उनकी पत्नी मेघन मर्केल पछिल्लो समय विवादमा छन् ।

हालै उनीहरु राजपरिवारको जिम्मेवारीबाट मुक्त पनि भए । तर यसबीचमा ह्यारी दम्पतीको प्रतिक्रिया र अन्तर्वार्तालाई लिएर मुद्दा नै बनेको छ। हालै मेघनका बावु थोमस मर्केलले आफ्नी छोरीले बेलायती राजपरिवारको बदनाम गरेको टिप्पणी गरेका छन्।

बकिंघम प्यालेसले ह्यारी दम्पतीलाई जिम्मेवारी मुक्त भएको घोषणा गरेपछि थोमसले एक अन्तर्वार्ता दिएका थिए। थोमसले छोरीको पछिल्लो गतिविधिलाई लिएर कडा टिप्पणी गरेका हुन्।
‘च्यानल फाइभ न्युज’का लागि दिएको अन्तर्वार्ता सार्वजनिक हुँदै गरेको बताइएको छ।

जहाँ थोमसले मेघनलाई ‘हरेक केटीहरुको पैसा कमाउने सपना फ्याँकिदिएको’ आरोप लगाएका छन्। साथै उनीबाट दुखी बनेको पनि उनको प्रतिक्रिया छ। राजपरिवारलाई थोमसले ‘अहिलेसम्मकै जीवन्त रहने महान संस्था’ को रुपमा चित्रित गरेका छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ। 


प्रतिक्रिया दिनुहोस्