‘गोल्छा नेतृत्वपछि महासंघले धेरै राम्रा काम गरेको छ, जिल्ला-नगरका समस्यामा संवेदनशिल छौँ’

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ६ : १५


काठमाण्डौँ। नेपाल उद्योग बाणिज्य महासंघ, सरकार पछिको दोस्रो ठुलो नेटवर्क रहेको र सम्पूर्र्ण नेपाली उद्यमी व्यसायीहरुको छाता संगठन हो। देश भरिका उद्यमी व्यसायीहरुको साझा संगठन हुँदाहुदै पनि अहिले देशभित्रका साना तथा मोफसलमा रहेका उद्यमी व्यसायीहरु भने आफू अन्यायमा पर्न गएको गुनासो ब्यक्त गर्दैछन्। महासंघको निर्वाचन संरचनामा जिल्ला नगर संघको भोटिङ मत भार पचास प्रतिशत रहेको हुन्छ। तर, आज यही पचास प्रतिशत रहेको उद्यमी व्यवसायीहरु महासंघ ठुला र घराना व्यवसायीका भरणपोषणमा लागेको आरोप लगाउँदै छन्। केन्द्रका पदाधिकारीमा एसोसिएटकै हालीमुहाली हुने भन्दै अहिले जिल्ला नगरका ब्यबसायीहरु बिधान शंसोधनको समेत कुरा उठाउन थालेका छन्।

शेखर गोल्छा नेतृत्वको अहिलेको महासंघप्रति सबैको ठुलो अपेक्षा रहेको थियो। युवा नेतृत्वले देशभरिका उद्यमी व्यवसायीको हकहितमा काम गर्ने आस गरिएको यो नेतृत्वको अहिले किन अलोचना हुन् थालेको हो बुझ्ने प्रयास गरेको छ दैनिक अनलाइनले। यसै क्रमममा प्रस्तुत छ दैनिक अनलाइनका लभेष प्याकुरेलले नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारी समिति सदस्य अरुणराज सुमार्गीसंग मूल नेतृत्व, जिल्ला नगरका समस्या, किन आलोचना सुरु भयो जिल्ला नगरबाट? हिजो जित्दाको तामझाम र अहिलेको सन्दर्भ? लगायतका सवालमा कुराकानी गरेका छन्।

सुमाग्रीका भनाई जस्ताको तस्तै

‘देशको यो अवस्थामा पनि सधैँ राज्यले अर्थतन्त्र ओरालो लाग्नुमा तरलताको अभाव हुनु, बैंकले दुईतीन प्रकारको अवस्थाहरू भोग्नु, कोभिड यहि बेलामा हुनु, कोभिडपछिको यात्रा हो नी त यो हाम्रो। यो स्थितिमा पनि हामीले लिएर आएको मौद्रिक नीतिलाई हामीले गरेको लाईनबाट हामी फेरि सरभाइभल हुँदै लरखराई रहेको अवस्था हुनु भनेको यो कार्यकाल यकदमै बेठिक कार्यकाल हो। मान्छे केहि पनि नगर्ने परिपाटि डिलमा बस्ने अनि केहि पनि गरेन भन्नेहरूको ताँती त हुन्छ हुन्छ। तर मैले जोड्ने भनेको हामीले कहाँबाट सुरू गर्यौँ र आज हामी कहाँनिर छाँ, यो यात्राको बीचमा दुनियाले कहिले नभोगेको चिजहरू हामीले भोगेका छौं र पनि आज त्यो कम्युनिटि उभिरहेको छ। आजको दिनमा त्यो कम्यूनिटिको बीचमा घाटा, नोक्सान, फ्रस्टेसन, मृत्युदरलाई पनि जोडेर एउटा न्यूजलाई बनाउने कोशिस हुन्छ । एउटा कुनै सानो चिजले मात्र सम्पर्ण रूपमा त्यो संस्थालाई बोकेको हुँदैन। नीजि क्षेत्रको अहिलेको परिस्थितिलाई हेर्ने हो भने कोभिडको प्रस्थानभन्दा अगाडि हामी भर्खरै भुकम्पबाट उठेर आएको स्थितिको इकोनोमि थियो हाम्रो र हरेक वर्ष भौगोलिक वातावरणको कारणले हामीमा आइरहने विभिन्न प्रकारका प्राकृतिक विपत्तिहरूलाई पनि हामीले भोगिरहेका छौ । त्यो कालखण्डदेखि हामीले पञ्चायती व्यवस्थालाई पनि याद गर्नुपर्छ, बहुदलीय व्यवस्थालाई पनि याद गर्नुपर्छ र गणतन्त्रको व्यवस्था आईसकेपछिको लाई पनि याद गर्नुपर्छ । त्यो कालखण्डको बिचमा हामी यहाँनिर रहँदा पनि सरकारसंग हैस र होस्टे गर्दै उभिरहेको अवस्था छ। साच्चै भन्ने हो भने अदम्य साहसको साथ नीजि क्षेत्र उभिरहेको छ।

यो कालखण्ड चाहिँ इतिहासको धरमराउँदो अवस्थामा पनि हामी राज्यसंग पैठाजेरी खेलेर नीतिगत कुराहरू गरेर अहिले देश बनाउने उद्योग गैरहेको अवस्था छ। यो कालखण्डको बीचमा यो कसरी सम्भव भैरहेको होला ? हामीले अन्तराष्ट्रिय बजारमा बैंकहरू लिएर गैरहेको अवस्था । हामी हिजो २ करोड रूपैयाँमा चुक्ता पुँजीमा ‘घ’ वर्गको बैंक खोलिरहेको देशको जनताको बीचमा हामी कहाँ पुगीरहेको छौ भनेपछि एकतर्फ फड्को मारिरहेका छौ भने बहुसंख्यक जनतालाई भ्याउने खालको चिजहरूमा अर्को पाटो होला। तर समग्रमा निजि क्षेत्रको लिडिङ पार्ट भनेको हामीले ठुलो स्वरले भन्नु पर्यो भने यो बेलामा पनि हामीले नआत्तिई सरकारसंग हातेमालो गरेर कसरी जाने भन्ने अवस्था छ। जसले त्यो संकटकालमा गाडि चलाईरहेको हुन्छ, जहाजलाई ल्याण्डिङ गर्न लगाईरहेको हुन्छ त्यो बेलाको पलपल सिन त्यसलाई थाहा भैरहेको हुन्छ । पर बसेर कस्तो पाइलट रहेछ कसरी हल्लाउँदै झार्यो भन्छन्। कसैलाई पनि नोक्सान नगरि ल्याण्डिङ गरिराखेको छ नीजि क्षेत्रले साँच्चै भन्ने हो भने राम्रो काम भैरहेको छ । काम गर्नेले काम गर्दा उनीहरूले मिहेनत गरिरहेका हुन्छन, कुरा काट्नेहरूको लागि त जुन कालखण्ड पनि त्यस्तै हो। अहिलेको जुन तामझामको साथ शेखर गोल्छाको नेतृत्वमा नेट २०(३०) भनेर जुन हामीले प्रस्तुत गर्यौँ र आउने ३० सम्ममा यति बिलियन डलरको हाम्रो इकोनोमि हुन्छ भनेर भनिरहेको अवस्थामा र के को हो? त्यसको सुचकहरू भने अहिले ७७ वटै जिल्लामा औद्योगिक ग्रामका कुराहरू गरिरहेका छन, राज्यले गरिरहेका छन् तीनै तहका सरकारले गरिरहेको छ त्यो नै हाम्रो उपलब्धि हो।

अब त्यसलाई कार्यान्वयन गर्ने प्रकिृयाहरू, परम्परावादी सोचहरू राज्यका पुराना नीतिहरू त्यसमा परिवर्तन गरेर लैजाने हो । हामी आजको दिनमा सिमेन्टमा यति धेरै माथि गैसकेका छौं, बाहिर सिमेन्ट पठाउने अवस्थामा आइसक्यौं भनेपछि हामी माइनिङ सेक्टरमा अगाडि बढ्यौँ। अरू सेक्टरमा अगाडि बढ्नुपर्छ त्यसको लागि पोलिसि लेभेलमा काम गर्नपर्छ। अब यो विधि प्रकृया नै यस्तै हो । बरू राज्यले संचालन विधि प्रकृया, सरकारै नीतिहरू त्यो डेभलपमेन्टले हामीलाई सहयोग गरिराखेको छैन, बाटोहरू पुर्वाधारहरू बनाउन ढिला भईरहेको छ। फास्ट ट्रयाक बनाउने भनिरहेको छ, त्यसको अपेक्षामा हामीले सोँचेको बिजनेसहरू सुरू गर्न सकिरहेको छैन। हाम्रो ड्राईपोर्ट बनिसक्यो तर कन्टेनर आउने बाटो बनेको छैन। अहिले लरखराई रहेको अवस्थामा पनि हामी उभिइरहेका छौ, हामी ढलेको छैनौं र हामी ढल्न दिँदैनौ।

कृषि उद्यम केन्द्र (एइसी) र यस पदको जिम्मेवारीको सन्दर्भमा उनी भन्छन् ‘हेर्नुस फोहरसंग डराउने होइन, फोहरलाई सफा गर्ने हो। अहिले काठमाडौं महानगरपालिकामा डोजर चलिरहेको छ कि, फोहोर सफा गरिरहेको छ। मानिसले वाह–वाह नि गरिरहेका छन् गाली पनि गरिरहेका छन्। तर सबै काम सकिसकेपछि बल्ल नतिजा आउँछ। महासंघमा थुप्रै समितिहरू छन् तर धेरै सम्भावना भएको पार्ट भएको हुनाले कृषि उद्यम केन्द्रले अहिले जे गरिरहेको छ हेरेर कुरा काट्नेहरू पनि धेरै छन्, के गर्यो र भन्नेहरू छन्? समितिको मिटिङ्गहरूमा म नभएको बेलामा कुरा काट्ने साथीहरु पनि पर्याप्त छन्। उनीहरूले जति कुरा काट्छन मलाई त्यति सतर्क हुने मौका हुन्छ । कालो सूचिमा रहेको कृषि उद्यम केन्द्र काम गर्ने शैलीको आधारमा दक्ष बनाएर पैसा दिए राज्यले, अन्र्तराष्ट्रिय जगतले, डोनर एजेन्सिजले, डोनर देशहरूले। महासंघमा ओभिओपी र ओभिओडी जस्तो प्रोजेक्टहरू आउने बेलामा काम गर्ने तरिकाको टोर बनाएन। स्वयंमसेवक संस्थामा आएको पैसामा हामीले जस्तो गरेर परिकल्पना गरेका थियौँ, त्यो परिकल्पनाको आधारमा जिल्ला जिल्लामा उत्पादनको लागि जोड्ने काम भयो। राम्रा पक्षका धेरै कामहरू भएका छन् अम्रिसोको व्यवसायीकरण गरियो, अलैँचीको व्यवसायीकरण गरियो, सुपाडीको अन्र्तराष्ट्रियकरण गरियो, अदुवाको उत्पादनलाई कसरी व्यवस्थापन गरिने भन्ने काम गरियो, वायरहाउसहरू बनाउने कामहरू गरियो। कुनै जिल्लामा गएका पैसाहरू वेरूजुमा बसे, वेरूजु बसिसकेपछि त्यहाँ राजनीति सुरू भयो, त्यही कुरालाई चुनावी मुद्दा बनाए अख्तियार भयो, सम्पत्ति शुद्धीकरण भयो।

अहिले म आइसकेपछि चुनाव जितेर आएको चार महिनापछि, मंसिरमा चुनाव भएको थियो फाल्गुनमा यो पद पाएँ । म सुरूमै कृषि मन्त्रालय गएँ र मलाई त्यहाँ तपाई किन यहाँ आएको कालो सूचिमा परेको छ, पहिला सबै वेरूजु मिलाउनु भनियो र मैले त्यो चुनौतिलाई स्वीकारे र सुरूबाटै काम गर्न थाले । पुराना सबै काला सूचिका कुराहरूलाई हटाएँ कालो सूचिबाट, अहिले सम्पत्ति शुद्धीकरणमा पनि छैनों, अख्तियारमा पनि छैनौँ, महालेखा परिक्षणमा पनि छैनौँ र अहिले कृषि मन्त्रालयमा पनि कृषि उद्यम केन्द्र प्यारो संस्था भएको छ ।

नेपालमा अहिले कृषकलाई धनी बनाउने भन्ने अभियान सुरू भयो, जिल्ला नगर संघलाई सबल बनाउन मैले यो कदम अघि बढाएको हुँ। कृषि उद्यम केन्द्रको जिम्मेवारी सम्हाल्नु अवसर थियो र यही समयमा अर्को के नराम्रो भयोभन्दा कोभिड आयो र बाहिरको आयात गर्न रोकियो, मान्छेहरू टाढा टाढा भए र हामी कसरी तरकारीमा, अनाजमा, उत्पादना आत्मनिर्भर हुने भन्ने कुराहरू आयो । कृषि लिवरल भयो र कृषि लिवरल भएको बेला यो संस्थाको संयोजक भएर काम गरेँ। नेपालमा कृषिको धेरै सम्भावना छ । जसरी चितवनलाई कुखुरामा आत्मनिर्भर बनाउन एउटा व्यक्तिले काम गरेको हो। त्यस्तै एउटा व्यक्तिले चितवनलाई मेडिकलको हव बनाउन सक्छ भने एउटा व्यक्तिले कृषिमा परिवर्तन गर्न किन गर्न सक्दैन ? यो क्षेत्रमा काम गर्न पहिला सोच फेर्नुपर्यो, हलो फ्याल्नुस्, नयाँ मेसिन ल्याउनुस्, उत्पादन गरौँ र उत्पादनलाई हाइब्रिडमा लिएर जाऔँ।

कोरिया कामदार पठाउने र मयानपावर जोडिएकोबारे उनले भने ‘ म्यानपावर ले गर्ने काम होइन यो गलत बुझाइ हो, हाम्रो अहिले पनि त्यहि परमपरागत रूपमा कृषि उत्पादन भैरहेको छ। अब त्यो परमपरालाई छाडेर आधुनिक कृषिमा जानुपर्यो । त्यही आधुनिक कृषि सिक्नको लागि अहिले नेपाल उद्योग वाणिज्य महासंघले ६ सय जना प्रशिक्षार्थी लग्न खोजेको छ। कोरिया सरकारले महिनाको ३ लाख दिने गरेर, सिक्न गएर फकिँदा रित्तो हात फर्कनु नपरोस् भनेर । सिप सिकेर आएपछि खालि हात नबसोस् भनेर, सिकेको सिप अनुसार काम गर्न सहज होस् भनेर। ५ सय मात्र हैन म त ५ हजारको डिल गर्न जाँदैछु । नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघले मिलेर पठाउँछ। स्थानीय सरकारले सिफारिस नगरेसम्म जाँदैनन् हामीले त्यसको टिओर बनाएका छौँ। हामीले दक्षिण एसियालाई स्याउ ख्वाएर विश्व बजारलाई पिट्न सक्छौं। हामी त्यसतर्फ जान सकेका छौं त? त्यसतर्फ जानको लागि सिकाउनु पर्छ। मुस्ताङमा परम्परावादी स्याउ रोपेका छन् अहिले केहि नयाँ साथीहरूले आधुनिक तरिकाले गरेका छन् । कोरिया मात्र हैन हामी इजरायल पनि लान्छौँ। कृषि माटोमा मात्र हुन्छ, मलले मात्र हुन्छ भन्ने जुन सोँच छ त्यसले हुँदैन । कृषि गर्नलाई फरक काम गर्नुपछर्, त्यसको लागि जुन चाहिन्छ । राम्रो काम गर्यो भने अझै ५ महिना काम गर्न दिन्छु भनेको छ, १९ सय डलरप्रति महिना दिन्छ । तीन साढे तीन लाख रूपैयाँ सिक्न जाँदा कमाइन्छ भने यो सौभाग्य हो । यसलाई त हामी सबैले मिलेर प्रोत्साहन पो गर्नुपर्छ ।’

महासंघको गरिमा बढाउने जिल्ला नगर हो तर तर भइदिन्छ के भने एशोसियट, ठुलाठुला उद्योगी व्यवसायीको मात्र हालिमुहाली हुन्छ। जिल्ला नगरका उद्योगीले भोट हालेर जिताउँछन् । तर त्यसपछि महासंघको नेतृत्व एशोसियटको पंजामा पर्छ भन्ने सन्दर्भमा अरुण थप्छन् ‘ यो झुटो आरोप हो भन्न मिल्दैन तर यसलाई पनि विश्लेषण गर्नुपर्छ । जिल्ला नगरलाई हेरेन भन्ने हो भने म अरुण सुमार्गी, आज जिल्ला नगरको पैरवी गरिरहेको छु, जिल्ला नगरको उत्थानको लागि काम गरिरहेको छु । आजको दिनमा हामीलाई झुक्याईयो, चुनावी एजेण्डामा फस्यौँ भन्दा हुन्छ । जिल्ला नगरको एउटा अध्यक्षको मतभार बलियो छ । हाम्रो टास्कहरूमा परिवर्तन आयो, २० वर्ष हामी स्थानीय सरकारसंग नभएको कारणले राज्यसंग हातेमालो गर्न पायौं। हाम्रो अनुकुलता थियो अब हाम्रो परिवेश परिवर्तन भयो, प्रक्रियाहरू परिवर्तन भए तिनै तहका सरकार बने । अब हाम्रो टास्क उत्पादनमा कसरी जाने ? साना, मज्यौला र ठुला व्यवसायहरू बीचमा समन्वय कसरी गर्न सकिन्छ ? राज्यको नीतिहरूमा के कति सन्तुष्ट छौँ ? व्यवसायीहरूको मानमर्दनमा, राज्यबाट हने घटनाहरू, प्रहरीबाट हुने घटनाहरू, प्रशासनबाट हुने धरपकटहरू कर प्रशासनबाट हुने छापामारी शैलीहरू यो प्रकरणमा कसरी परिवर्तन गर्न सकिन्छ भनेर, सरकारसंग कसरी समनवय गर्न सकिन्छ, व्यवसायीहरूलाई कसरी छाता ओढाउन सकिन्छ भनेर काम गर्ने हो । साना–व्यवसायीहरू जो किसानबाट व्यवसायमा आएका छन, शिक्षाबाट व्यबसायमा आइका छन् उनीहरूलाई व्यवसाय सिकाउनुपर्यो र अब हाम्रो भुमिका उनीहरूलाई व्यवसाय सिकाउने रहन्छ राज्यसंग सहकार्य गरेर सिकाउँछौ । हामी त अर्को एउटा एजेण्डा बोकेका छौ चेम्बर कानुन आउन पर्छ भनेर।’

उद्योग बाणिज्य संघहरुको प्रोटोकल के हो? आजको दिनमा मेरो राज्यलाई प्रश्न हो यो, हाम्रो प्रोटोकल के हो? हाम्रो प्रोटोकल क्लियर हुन् सके धेरै समस्या आफँ समाधान हुँदै जानेछ । हामीले अहिले टप बटम दुवै तहमा काम गरिरहेका छौँ । जिल्लाका साथीहरुको गुनासा स्वाभाविक हो तर महासंघ नेतृत्व चुप लगेर बसेको छैन, हामीले लगातार जिल्ला नगर उद्योग बाणिज्य संघहरुको विकाशको लागि नै काम गर्दै आएका छाँ।

नेपाल र भारतको बीच दुई प्रकारको व्यापार हुन्छ कानुनी र गैरकानुनी । गैरकानुनी व्यापार गर्न संजाल बनाएका मानिसहरू छन् र यो जबसम्म मुद्दा बन्दैन हामी त हचुवाको भरमा केहि गर्न सक्दैनाँ । खुल्ला सिमा छ, १७ सय किलोमिटर नेपालको मेचिदेखि महाकालिसम्मको । त्यसले गर्दा पान पराग, गुट्का, सिमेन्ट, तेल, ग्याँस, चिनीदेखि लिएर लत्ता कपडा किन्न सिमा पारि जान्छौँ । अब त्यही सामान नेपालमा किन्दा राज्यलाई कर आउँथ्यो भनेपछि राज्यले हेर्नुपर्यो नि कर बचाउनलाई सिमामा सुरक्षा बढाउनुपर्यो। भारतबाट आखाँ चिमलेर आउँदा नेपाली जनतालाई फाईदा हुन्छ भने ल्याउन दिनुपर्छ । जस्तै गाईको विर्य ल्याउन पाईँदैन आँखा चिम्लिदेऊ, आँखा चिम्लिनुपर्ने कुरामा आखा चिम्लिदिनुपर्छ सरकारले । दुई तिनवटा कुराहरूमा समस्या छ त्यसलाई सुधार्नुपर्छ । परमपरावादी तरिकाले हामी व्यापार गर्छाँ । व्यापारीहरूले डिजिटल सिकेका छैनन् अब फेरि हामीले बेन्चमार्कका कुरा गर्यौ, सिलिङ बनायौँ करको । नेपाली जनताको ग्रोथको आधारमा कर प्रशासनलाई जानको निम्ति काम गरिरहेका छौं। अहिले कर प्रशासन नेपालको जताततै गैरहेको छ र त्यो आजको आवश्यकता हो । भोलि पर्याप्त उत्पादनमा गर्यौं, देशमा भएका कच्चा पदार्थ, खनिजहरूलाई अन्तर्राष्ट्रिय बजारमा बेच्न पायौँ भने नेपाली जनताले कमाएको करको दायराको रेट घटाएर जाँदा पनि हुन्छ । देशको रेभिन्यू नै कर भएको हुनाले गाडीमा होस् साडीमा होस रेट बढि छ । डलर बाहिर गयो भनेर लगजरियस सामानहरूको आयात रोक्नुपर्छ भन्ने नीतिगत प्रक्रिया हो । साना व्यवसायीहरूको बीचमा प्रदेश सरकार छ, प्रदेशमा कर प्रशासन अलग्गै छ । कर सम्बन्धि भागेर हामीले कुनैपनि काम गर्न सक्दैनौं। कर नीतिमा आएका कुराहरू राज्यले नीतिमा लिएर आएको कुराहरूमा हामी मुलगत रूपमा कुरा गरिरहेका छौ ।

जिल्ला नगरका ब्यबसायीहरुले महासंघ पूर्ण रुपमा एशोसियटको कब्जामा रहेको आरोप गर्न थालेका छन् नि भन्ने प्रश्नमा सुमार्गीे भन्छन्  ‘एशोसियटको संलग्न बढी भयो भने जिल्लाले हाम्रो संलग्न बढी बनाउन के गर्नुपर्छ ? भने जिल्ला पनि सक्रिय बनाउन पर्यो नि । एसोसियटहरू धेरै आउँदैन थिए, यो १८–२० वर्षको हेर्ने हो भने ७–८ सय एशोेसियटहरू हुने थिए मतदाताको रूपमा । यो पल्ट १८ सयको हाराहारीमा पुगे भनेपछि उद्योग वाणिज्य महासंघको साख बढेर गैरहेको छ । ठुला बिजनेस गरेकाहरूलाई हामीले एशोेसियटको रूपमा राखेका छौँ र हाम्रो विधानमा यो नै छ । जिल्ला नगरको ७७ वटै जिल्ला छ अब नगर बढेर १ सय २५ वटा उद्योग वाणिज्य संघ छन् र अरू केहि पाइपलाईन मै छन् भवनहरू बनाउँदै छन्, प्रक्रियाहरू पुर्याउँदै छन् र तिनीहरू पनि आउँछन् ।’

सबै जिल्ला संघहरू समस्यामा छैन। चुनाव लड्न दुई दुई करोड रूपैयाँ खर्च गर्न तयार हुन्छन् व्यापारीहरू, त्यसको ग्रयाभिटि हेर्नु न। व्यापारीहरूको पैसा भएको संगठनको मान्छेहरू चुनाव लड्न जुन प्रक्रियाको प्रतिस्पर्धा भैरहेको छ । जिल्लाको साख गिरेको छैन थोरै केही जिल्ला उद्योग वाणिज्य संघहरू विकट ठाउँमा छन् पर्याप्त कारोबार हुँदैन चुनावको बेला न्यानोपन दिईन्छ। स्वभाविक रूपमा त्यो मान्छेहरूको प्रचलन हो। समग्र उद्योग वाणिज्य संघ नै महासंघ हो । सबैभन्दा जग भनेको नै जिल्ला नगर उद्योग वाणिज्य संघ हो। जिल्ला नगरको मतभार नै ५० हुनु भनेको हाम्रो लागि काफि भैगयो नि । हामी जिल्ला नगर स्वायत्त शाषन अन्र्तगत चल्ने संस्था भएको हुनाले महासंघलाई केहि दिन पर्दैन। महासंघको व्यालेन्स नेचर हुनपर्यो र राज्यसंग हामीले जिल्लामा व्यापार गर्ने यी सबै ठुला बैंकहरू जिल्लामा छन्। यी सबै प्रकारमा व्यवसाय जिल्ला पुगेका छन्, उत्पादन जिल्ला पुग्ने नै हो। यो सबैसंग सबैको कनेक्टिभिटि छ। एसोसियटहरूको उत्पादन भएका कुराहरू जिल्ला पुग्ने हो र त्यहि जिल्लाको बीच हामी पुग्ने हो। एशोेसियट धेरै भयो भन्ने त चुनावी कुराहरू हो। एसोसियट धेरै भयो भने महासंघलाई फाइदा हुने हो इन्कम बढ्छ। जिल्लाबाट आएको मान्छेले महासंघ हाक्यो भने अलि बढी जिल्लालाई अघि बढाउन सजिलो हुन्छ भन्ने मेरो मान्यता हो। आगामी चैत्र २८ मा हुने महासंघ निर्वाचनका सन्दर्भमा भने ‘अब कति छोड्ने, कसलाई छोड्ने । पोहोर त दिनेश दाईलाई छोडे। साथिहरूको आवाज पनि सुने र त्याग गरेर फाल पाईन्छ भनेर यो हाम्रो मान्यता पनि हो । अब आउने चुनावमा जिल्ला नगर उपाध्यक्षमा चुनाव लड्ने हो र जित्ने पनि मै नै हो-यो नै अन्तिम सत्य हो’।, उनले भने।

(हामी नीजि क्षेत्रलाई प्रोत्साहन गर्दछौँ। यो समिक्षा श्रृङखला देशभरका उद्योण वाणिज्य संघसंग पुग्ने छ। तपाईका पनि व्यवसायसम्वद्ध केही सुझाव, सल्लाह र गुनासाहरु भएमा हामीलाई जानकारी गराउनु होला।)

यो पनि पढ्नुहोस्

पूर्वमा ‘अब्बल’ बन्दै विर्तामोड उद्योग वाणिज्य संघ, नेतृत्वलाई दियो यस्तो सुझाव


प्रतिक्रिया दिनुहोस्