युक्रेनले रुसी सेनाबाट लुहान्स्कको बिलोहोरिभ्का पुनः नियन्त्रणमा लियो

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ४ : ०५


काठमाडौं। रुसी सेनाहरुलाई विस्थापित गर्दै युक्रेनका सेनाले लुहान्स्कको बिलोहोरिभ्का गाउँ पुनः नियन्त्रणमा लिएको छ।

लुहान्स्कका गभर्नर सर्ही हाईदेले रुसी सेनाहरुलाई लखेट्दै युक्रेनी सेनाले बिलोहोरिभ्का पुनः नियन्त्रणमा लिएको पुष्टि गरेका छन्।

हाईदेका अनुसार युक्रेनले पुरै लुहान्स्क पुनः आफ्नो नियन्त्रणमा ल्याउने योजना बनाएको छ। उनले टेलिग्राममा भनेका छन्,‘लुहान्स्को प्रत्येक सेन्टिमिटर जमिनको लागि युद्ध हुनेछ। दुश्मन तयार छन् उनीहरु सहजै त्यहाँबाट हट्ने छैनन्।’

लुहान्स्क युक्रेनको त्यो पूर्वी क्षेत्र हो जसलाई रुसका राष्ट्रपति भ्लादमिर पुटिनले स्वतन्त्र राज्य घोषणा गरेका थिए। लुहान्स्कसँगै डोनेट्स्कलाई स्वतन्त्र राज्य घोषणा गर्दै रुसले गत फेब्रुअरीमा युक्रेनमा आक्रमण थालेको थियो। अल्जाजिरा


प्रतिक्रिया दिनुहोस्