सबैभन्दा लामो अन्तरिक्ष यात्राको कीर्तिमान राख्ने प्रसिद्ध रुसी अन्तरिक्षयात्रीको निधन

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ३ : ३८


काठमाडौं। सबैभन्दा लामो अन्तरिक्ष यात्राको कीर्तिमान राख्ने रुसी अन्तरिक्ष यात्रीको ८० वर्षको उमेरमा निधन भएको छ।

भ्यालेरी पोल्याकोभले मिर स्पेस स्टेशनमा सन् १९९४ देखि १९९५ सम्म पृथ्वीको परिक्रमा गरी ४३७ दिन बिताएका थिए।

उनले मंगल ग्रहको लामो यात्रा गर्ने हो भने मानिसले आफ्नो मानसिक स्वास्थ्य कायम राख्न सक्छन् कि सक्दैनन् भनेर परीक्षण गरेका थिए।

पोल्याकोभको मृत्यु रुसी अन्तरिक्ष एजेन्सीले घोषणा गरेको थियो। उनलाई सोभियत संघको नायक र युएसएसआरको पायलट–कस्मोन सहितका उपाधि सो निकायले दिएको थियो।

उनको मृत्युको कारण खुलासा गरिएको छैन्। युरो विक्ली न्युज


प्रतिक्रिया दिनुहोस्