महालक्ष्मी विकास बैंक र ईसेवाबीच सम्झौता

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ३ : ४४


काठमाडौँ । महालक्ष्मी विकास बैंक र ईसेवा फोन पे प्रालिबीच आइतबार एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

अब ग्राहकहरुले ईसेवा फोनपेका एजेन्टहरु मार्फत सजिलै बैंकको खाता खोल्न सक्नेछन। उक्त खातामा बैंकले ग्राहकलाई निःशुल्क रुपमा मोवाइल बैंकिङ सेवा, एटिएम सेवा र डलर कार्ड सेवा उपलब्घ गराउने छ। 

महालक्ष्मी विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र ईसेवा फोनपे प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो।  

बैंकले आगामी दिनमा ईसेवाको अत्याधुनिक डिजिटल प्रविधिसँग सहकार्य गर्दै ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने कुरा जनाएको छ।


प्रतिक्रिया दिनुहोस्