अमेरिकामा कोरोनाका कारण हरेक दिन ४ सयको मृत्यु, बाइडेन भन्छन्ः कोरोना समाप्त भइसक्यो

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १२ : २०


काठमाडांै। अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार मात्र अमेरिकाबाट कोरोना भाइरस समाप्त भएको घोषणा गरेका थिए।

यद्यपी तथ्यांकलाई हेर्दा अमेरिकामा हरेक दिन कोरोना भाइरसका कारण अमेरिकामा चार सय व्यक्तिको मृत्यु भइरहेको बीबीसीले जनाएको छ।

जोन्स हपकिन्स विश्वविद्यालयको तथ्यांकअनुसार गतहप्ता मात्र अमेरिकामा कोरोनाका कारण ३ हजारले ज्यान गुमाएका थिए। हाल दैनिक ४ सयले अमेरिकामा ज्यान गुमाइरहेको सो विश्वविद्यालयले जनाएको छ।

स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसको प्रभाव विश्वभर कम पर्दै गएको छ यद्यपी कोरोनाबाट बच्ने उपाय भने अपनाउन जरुरी छ।

सोमबार अमेरिकी शीर्ष स्वास्थ्य विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले कोरोना भाइरस नियन्त्रण उन्मुख भएता पनि यसबाट हुने मृत्युदर बढ्नु चिन्ताजनक भएको बताएका थिए।


प्रतिक्रिया दिनुहोस्