फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका खड्का सकुशल फेला

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ९ : ३२


काठमाडौं । पारिवारिक समस्या देखाउँदै सामाजिक सञ्जाल फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका पत्रकार विदुर खड्का सकुशल फेला परेका छन्।

काठमाडौंको बानेश्वर क्षेत्रबाट बेपत्ता भएका उनी हेटौडामा सकुशल फेला परेका हुन।

उनको खोजीमा आज दिनभर देशभर प्रहरी र उनी आवद्ध संस्था प्रेस सेन्टरका नेता तथा कार्यकर्ता खटिएका थिए।


प्रतिक्रिया दिनुहोस्