फाइनलमा नेपाल हारेपछि प्रशिक्षकद्वारा राजीनामा

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ९ : ०६


काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि जिताउन नसकेको भन्दै राष्ट्रिय महिला फुटबल टिमका प्रमुख प्रशिक्षक कुमार थापाले राजीनामा दिएका छन्।

दशरथ रंगशालामा बंगलादेशसँग ३–१ ले पराजित भएपछि थापाले उपाधि जित्ने वाचा गरे वाचा पूरा गर्न नसकेको भन्दै राजीनाको घोषणा गरेका हुन।

परिणाम नल्याउनेले पद ओगटेर बस्नु नहुने उनले बताए।

आफूले ७ हप्तामा जेजति गरेको भए पनि नतिजा दिन नसकेको र आफ्नो ठाउँमा कोही योग्य मान्छे आउनुपर्ने उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस्