‘ऐना झ्यालको पुतली’ ओस्कार अवार्डका लागि सिफारिस

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ४ : ०४


काठमाडौं । सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ ओस्कार अवार्डको लागि सिफारिस भएको छ।

अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९५औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिको सोमबार बसेको बैठकले ‘ऐना झ्यालको पुतली’ अवार्डको लागि सिफारिस गर्ने निर्णय गरेकोहो।

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ओस्कारको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म बुझाउन भनेको थियो।

सोही सूचना अनुसार नेपालबाट दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित राधा र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले सहभागिताका लागि आवेदन दिएका थिए।


प्रतिक्रिया दिनुहोस्