गोविन्द केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ३ : ३९


डा.गोविन्द केसीको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघले माग गरेको छ।

संघले सोमबार विज्ञप्ति जारी गर्दै सरकारसँग यस्तो माग गरेको हो।

डा.केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएकोमा संघले ध्यानाकर्षणसमेत गराएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘उहाँको जीवन रक्षाका निम्ति अविलम्ब वार्ता निकर्षमा पुर्‍याई डा.केसीको जीवन रक्षा गरिदिनु वार्ता टोलीलाई हार्दिक अनुरोध गर्दछ।’

 


प्रतिक्रिया दिनुहोस्