ताइवानमा ६.८ म्याग्निच्युडको भूकम्प, एकको मृत्यु १४६ घाइते

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ३ : ३८


काठमाडौं। ताइवानमा आइतबार गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म एक जनाको मृत्यु भएको छभने अन्य १४६ जना घाइते भएका छन्।

उक्त भूकम्पको हालसम्म पनि पराकम्प जारी रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

आज सोमबार पनि हलियान क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५.९ म्याग्निच्युडको पराकम्प गएको समाचारमा जनाइएको छ।

आगामी तीन दिनसम्म पराकम्प जाने त्यहाँको भूकम्प विज्ञान केन्द्रले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्