अग्नि सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णय

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १२ : ११


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेकपा सांसद अग्नि प्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको हो।

सभामुखको उम्मेदवार छान्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहालबीच आज बिहान छलफल भएको थियो । 

यो पनि

को हुन् सभामुखका उम्मेदवार अग्नि सापकोटा ?
 


प्रतिक्रिया दिनुहोस्