‘प्रेम गीत ३’ हिन्दी डबलाई हिन्दी फिल्मकै जस्तो व्यवहार गर्न निर्माता संघको माग

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ८ : २९


काठमाडौं । नेपाल चलचित्र निर्माता संघले विदेशी भाषाको चलचित्रलाई देखाएर स्वदेशी सरहको सेवा र सुविधाको मागदाबी गर्नु वाञ्छनीय नभएको दावी गरेको छ।

नेपाल चलचित्र निर्माता संघका महासचिव सुनिलकुमार थापाले आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै सो कुरा उल्लेख गरेका हुन्।

यतिबेला चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डबको विवाद उत्कर्षमा छ। यस फिल्मका निर्माताले चलचित्र विकास बोर्डमा हिन्दी डबलाई नेपाली चलचित्र सरह सेवा सुविधा दिन माग गर्दै निवेदन बुझाएपछि नेपाल चलचित्र संघ हिन्दी त्यसको विपक्षमा छ।


प्रतिक्रिया दिनुहोस्