सेती प्रादेशिक अस्पतालमा अनसनरत डा. केसीको स्वास्थ्य जटिल बन्दै

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ७ : १३


काठमाण्डौँ । आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारसँग सम्बन्धित सातबुँदे माग गर्दै सेती प्रादेशिक अस्पतालमा बनसन बसेको आज सातौँ दिन पुगेको छ । यो बिचमा उनका माग सम्बेधनमा सरकारले कुनै चासो नदिएपछि उनले अनसन तोडेका छैनन् । सोमबार सातौँ दिनमा उनको शरीर असामान्यतर्फ बढिरहेको छ । अस्पतालका अनुसार उनमा टाउको दुख्ने, रिंगटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, पेट दुख्ने, शरीरका मांशपेशी दुख्नेजस्ता समस्या देखिएका छन्।

मुटुको धड्कनमा गडबड हुनुका साथै श्वास–प्रश्वास दर बढ्दै गएको केसीको उपचारमा संलग्न डा शेरबहादुर कमरले जानकारी दिए।

श्वास फेर्न समस्या हुन थालेपछि आइतबारबाट उनलाई अक्सिजनको सपोर्ट दिइएको डा। कमरले बताए। उपचारमा संलग्न चिकित्सकका अनुसार केसीको शरीरमा अक्सिनको मात्रा घटेर ९०–९२ पुगेको छभने अरु समस्या पनि थपिएका चिकितसकले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्