मानव अधिकार आयोगले भन्योः जबरालाई स्वतन्त्र हुन देउ

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ७ : ०८


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नजरबन्दबाट मुक्त गर्न निर्देशन दिएको छ।

जबरालाई घरमै नियन्त्रणमा राखिएको भन्दै खबर बाहिरिएपछि आयोगको टोलीले घरमै पुगेर उनको अवस्थाबारे जानकारी लिएकोे थियो।

आयोगले जबरा निवासको आवतजावतको निगरानी गरेको, आवास बाहिर निस्कने सवारी साधनमा चेकजाँचमा कडाइ गरेको र उनको सवारी स्कर्टिङ टोलीसमेत हटाएको पाइएको भन्दै वैयक्तिक र आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकार सम्मान गर्न आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्