यातायातमा समितिको सिन्डिकेट व्युँतने गरि सरकारको निर्णय

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ७ : ०५


काठमाडौं । सार्वजनिक यातायातमा संस्थागत सिन्डिकेट (कार्टेलिङ) ब्यूँताउने गरी सरकारले अर्को निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले नेपाल ट्रक यातायात व्यवसायी महासंघसँग आवद्ध संस्थाहरुको नवीकरण गर्ने निर्णय गरेसँगै यातायातमा संस्थागत सिन्डिकेट (कार्टेलिङ) ब्यूँतिने भएको छ ।

सरकारले ४ वैशाख २०७५ मा यातायात व्यवसायीहरुका संघ र समितिहरु नवीकरण नगर्ने निर्णय गरेको थियो । यातायात व्यवसायीहरुका संघ र समितिहरुले आफ्नो समितिको सदस्य रहेका व्यवसायीलाई फाइदा हुने गरी सिन्डिकेट लागू गरेको भन्दै ती संस्थालाई नवीकरण नगर्ने निर्णय भएको थियो ।

सरकारको यो निर्णयपछि ट्रक व्यवसायमा प्रतिस्पर्धा हुने सम्भावना लगभग अन्त्य भएको छ भने संघ र समितिहरुले तोक्ने भाडा दर अनुसार नै ढुवानी सेवा लिनुपर्ने अवस्था थप झाँगिदै जाने छ ।


प्रतिक्रिया दिनुहोस्